मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

के सुत्नु अघि नुहाउनु राम्रो हो ?

सोमबार, २१ असोज २०८१, २३ : ३४
सोमबार, २१ असोज २०८१

काठमाडौं । केही मानिस दिनदिनै नुहाउँछन् केहीलाई हप्तामा एक दिन नुहाउन पनि झिँझो लाग्छ ।

कोही यस्ता पनि हुन्छन्, दिनमै दुईपटक ननुहाउँदासम्म चित्तै बुझ्दैन । केहीलाई त सुत्नु अघि पनि नुहाउनु पर्छ । हाम्रो जीवनमा हामी अनेक खालका मानिसहरू भेट्छौं । तर यो बानी अपनाउनु अघि धेरै कम मानिसहरू मात्रै राति नुहाउनु फाइदाजनक छ कि छैन भनेर सोच्छन् ।

गर्मीमा राति नुहाएर सुत्नु निकै फाइदाजनक रहेको केही अनुसन्धानले दाबी गरेको छ । यसका अनेकौं स्वास्थ्य लाभहरू छन् । तर तपाईंले यति मात्रै जान्नु पर्यो कि पानीको तापक्रम कति हुनु पर्छ । गर्मीमा राती नुहाउनुअघि पानी धेरै तातो त छैन भनी जाँच्नुहोस् । पानी सामान्य तापक्रमको छ भने निर्धक्क नुहाउन सक्नुहुन्छ ।

राम्रोसँग सुत्न सक्नु हुनेछ

राति सुत्नुअघि नुहाउनु भयो भने अन्य दिनको तुलनामा राम्रो निद्रा लाग्छ । जसरी शरीरको लागि राम्रो आहार चाहिन्छ, त्यसैगरी राम्रो निन्द्रा पनि चाहिन्छ । राति नुहाउँदा शरीरबाट दिनभरको थकान हट्छ । शरीरले रिल्याक्स महसुस गर्छ अनि दिनभरि शरीरमा टाँसिएर रहेका कीटाणु र संक्रमण पनि हट्छन् ।

छालासम्बन्धी समस्या हट्नेछ

दिनभर कामको सिलसिलामा हामी कयौं पटक घामको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छौं । कहिलेकाहीँ दूषित हावामा पनि काम गर्न परिरहेको हुन्छ । यस्तो बेलामा धेरै कीटाणुहरू शरीरमा टाँसिन्छन् । दिनभरि शरीरबाट निस्कने पसिनाले कहिलेकाहीँ शरीरमा कीटाणुहरू मौलाउने स्थिति उत्पन्न गराउँछ । राति नुहाउँदा छालाबाट दिनभरको फोहोर हट्छ । जसले गर्दा शरीरलाई आराम मिल्छ । छाला सफा र संक्रमणबाट पनि टाढा रहन्छ।

मूड मा प्रभाव

दिनभर काम गरेपछि मुड अलि सुस्त वा चिडचिडा हुन सक्छ । यस्तो अवस्थामा राती नुहाउँदा पनि मुडमा सुधार आउँछ अनि ताजा महसुस गर्न सक्नु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप