मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु

सोमबार, २१ असोज २०८१, २२ : ५६
सोमबार, २१ असोज २०८१

नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

आइएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भने, “आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।” 

चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मीबाट पीडित थिए । नयाँदिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडिटिभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

स्थानीय सरकारका चिकित्सा तथा परिवार कल्याणमन्त्री मा सुब्रमण्यमले कार्यक्रममा खानेपानी आपूर्ति, चिकित्सा टोली र भीड नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप