मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु

सोमबार, २१ असोज २०८१, २२ : ४३
सोमबार, २१ असोज २०८१

जलेश्वर । यहाँको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो । नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए ।

किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप