मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री यादव र मेलम्ची संघर्ष समिति बिचको वार्ता सफल

सोमबार, २१ असोज २०८१, २२ : १६
सोमबार, २१ असोज २०८१

काठमाडौँ । खोपानीमन्त्री प्रदीप यादव तथा मेलम्चीका संघर्ष समितिबिच काठमाडौँका नागरिकका लागि खानेपानी ल्याउने विषयमा भएको वार्ता सफल भएको छ । सोमबार मेलम्चीमा बसेको दुईपक्षीय वार्ता सफल भएको हो ।

वार्ता सफल भएसँगै अब मेलम्चीको पानी काठमाडौँमा रहेको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठान्तरण गरिने सहमति भएको छ । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्य अनुसार मन्त्री यादव सहितको टोली मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्नका लागि आज मेलम्ची पुगेको थियो । 

काठमाडौँबाट गएको मन्त्री यादव सहितको टोली तथा मेलम्चीका संघर्ष समितिबिच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरुलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँमा पथान्तरका लागि सहमति जुटेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, “वार्ता सफल भएर मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा संघर्ष समितिसँग सहमति पनि भएको छ । मेलम्चीबाट मङ्गलबार पानी सुन्दरीजलमा पथान्तरण गरिने छ ।”

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबिच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने,  हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने लगायतका विषयमा सहमति भएको छ ।

निर्देशक लामिछानेका अनुसार आजैका मितिदेखि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समिति लाई सहयोग गर्ने सहमति भएको छ ।

उक्त वार्ताटोलीमा संघर्ष समितिका तर्फबाट पासाङलामा, नमराज गुरागाई, छिरिङ ग्याल्बु लामा, हरिप्रशाद भण्डारी शिव लामिछाने, कृष्ण ज्योती रहेका छन् भने राजनीतिक दलका तर्फबाट राजकुमार भण्डारी (सभापति), नेपाली कांग्रेस, बेनबहादुर पण्डित (अध्यक्ष, नेकपा एमाले), विश्वराम गुरागाई (प्रतिनिधि नेकपा माओवादी), दिनेश थापा (सभापति रास्वपा) तथा सुरेश तामाङ (सभापति राप्रपा) रहेका थिए ।

यसैगरी खानेपानी मन्त्री प्रदीप यादव, हेलम्बु गाउँपालिकाका अध्यक्ष छिरिङ ग्याल्बु लामा, खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछाने सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप