मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २१ असोज २०८१, २२ : ००
सोमबार, २१ असोज २०८१

आज २०८१ असोज २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट, ओली सरकारमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन, कांग्रेसका तीन भ्रातृ संगठन महाधिवेशनको तयारीमा, प्रधानमन्त्री ओलीले चार पटक फेसबुक स्टाटस सच्याएपछि..., पूर्वराजाको भुटान भ्रमणबारे औपचारिक जानकारी नभएको परराष्ट्र मन्त्रालयको टिप्पणी, काठमाडौँ उपत्याकाका १४ ठाउँमा यात्रु सहायता कक्ष लगायत छन् ।

१. राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार भेट गरेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । 

२. ओली सरकारमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन
मन्त्रिपरिषद् गठन भएको ३ महिना पुग्न लाग्दासमेत केपी ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । असार ३१ गते नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)का दुवै समूह, जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत साना दलको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

३. कांग्रेसका तीन भ्रातृ संगठन महाधिवेशनको तयारीमा
नेपाली कांग्रेसका तीन भ्रातृ संगठनको महाधिवेशन गर्ने तयारीस्वरुप पार्टीले निर्देशन समिति बनाएको छ । लामो समयदेखि महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन गरिएको हो । 

४. प्रधानमन्त्री ओलीले चार पटक फेसबुक स्टाटस सच्याएपछि...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस पटकपटक सच्याएपछि चर्चा भएको छ । गलत सूचनाका कारण प्रधानमन्त्रीले गलत व्यहोरा उल्लेख गरेर बारम्बार स्टाटस सच्याउनु परेको चर्चा छ । 

५. पूर्वराजाको भुटान भ्रमणबारे औपचारिक जानकारी नभएको परराष्ट्र मन्त्रालयको टिप्पणी
परराष्ट्र मन्त्रालयले पूर्वराजाको भुटान भ्रमणबारे सरकारलाई औपचारिक रूपमा जानकारी नभएको बताएको छ । पूर्वराजाको भुटान भ्रमणबारे विभिन्न चर्चा परिचर्चा भइरहे पनि परराष्ट्रले पूर्वराजाको भुटान भ्रमण नितान्त व्यक्तिगत भएको प्रतिक्रिया दिएको हो ।

६. काठमाडौँ उपत्याकाका १४ ठाउँमा यात्रु सहायता कक्ष
दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए ।

७. शुल्क असुले पनि इम्बोस्ड नम्बर प्लेट दिँदैन सरकार
सरकारले नयाँ दर्ता हुने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । इम्बोस्ड नम्बर प्लेटका लागि तोकिएको शुल्क नतिरेसम्म सवारी नै दर्ता हुँदैनन् । यातायात व्यवस्था कार्यालय कास्की कार्यालयले नयाँ दर्ता भएका सवारीसँग इम्बोस्डको लागि शुल्क असुल गरे पनि हालसम्म प्लेटचाहिँ उपलब्ध गराएको छैन ।  

८. कर्णाली राजमार्गको कन्तविजोग
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेख र कालिकोटको सिमाना दहीखोलासम्मको दुरी १३२ किलोमिटर छ । सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको उक्त सडकखण्डका खाल्टा टालटुल गर्नमात्रै ६ वर्षको अवधिमा झण्डै ६ करोड रकम खर्च भएको छ । तर राजमार्गको अवस्था भने अझै बेहाल छ ।

९. जागिर खानकै लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रवृत्ति
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्याङ्कले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप