मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

महाधिवेशनको म्यान्डेट विपरीतका कमिटीहरू खारेज गर्न  माधव नेपाललाई सुझाव

सोमबार, २१ असोज २०८१, २१ : २४
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न भनेका हुन् ।

सोमबार अध्यक्ष नेपाललाई भेटेर उनीहरुले पार्टीको आन्तरिक एकता जोगाइ राख्न यस्तो आग्रह गरेको दाबी गरेका छन् ।  नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायत नेताहरूले पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी समेत अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप