पार्टीमा भ्रम नफैलाउन भीम रावललाई चेतावनी

काठमाडौँ । एमालेका नेता भीम रावललाई सोही पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीमा भ्रम नफैलाउन चेतावनी दिएका छन् ।
अध्यक्ष जैसीले सोमबार विज्ञप्ति जारी गर्दै निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखेको भन्दै प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु’, जैसीले रावललाई चेतावनी दिएका छन् ।
एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले केही समयअघि दिएको अभिव्यक्तिमा रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन