सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

‘केटी हराएको सूचना’को पोष्टरमा रोमान्टिक नाजिर र सृष्टि

सोमबार, २१ असोज २०८१, २० : ४७
सोमबार, २१ असोज २०८१

काठमाडौँ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म हो ‘मिसिङः केटी हराएको सूचना’  । कार्तिक ३० गतेदेखि सार्वजनिक प्रदशर््नमा आउने फिल्मको पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा नाजिर र सृष्टि रोमान्टिक अवतारमा देखिएका छन् ।

ट्री सिटी पिक्चर्सको ब्यानरमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा रेलको लिकमा फिल्मका नाजिरले सृष्टिलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ ।

फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । नाजिर र सृष्टिको अलवा फिल्ममा रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय फिल्ममा छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्मको मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता हुन् । 

फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप