तीन महिनाको अवधिमा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना
सोमबार, २१ असोज २०८१, २० : १०
_KxwaIHFB08.jpg)
काठमाडौँ । तीन महिनाको अवधिमा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको असोज १५ देखि पुस १६ गतेसम्म अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
कोशी, मधेस, बाग्मती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै विभागका अनुसार कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन