सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्जका मेयर सिंहमाथि दुर्व्यवहार

सोमबार, २१ असोज २०८१, १७ : ४१
सोमबार, २१ असोज २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार भएको छ ।  महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् ।

महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीयवासीले बताए ।

एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतबार अर्को पक्ष गएर फेरि बन्द गरेको थियो । त्यही जमेको पानी फेरि मेयर सिंहले खोल्दा विवाद भएको हो, त्यहिबेला उनीमाथि दुर्व्यवहार भएको हो ।’ 

घटनाबारे प्रतिक्रिया लिन मेयर राजेशमान सिंह तथा उनको सचिवालयमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप