दसैँ
दसैँ लाग्यो, मलहरूमा छैन व्यापार, तस्बिरहरु
सोमबार, २१ असोज २०८१, १७ : ४०
![दसैँ लाग्यो, मलहरूमा छैन व्यापार, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/mal-(18)_tGveWUvOH2.jpg)
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएपनि उपत्यकाका अधिकांश मलहरूमा भने व्यापारको चहलपहल देखिएको छैन । दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष मलहरूमा व्यापार घटेको हो ।
विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको बताए । मलमा मानिसहरूको चहलपहल नभएको उनले बताए । त्यस्तै काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाहीले हरेक वर्ष व्यापार घट्दै गएको र यही अवस्था रहेमा विस्थापित हुनुपर्ने अवस्था आउने बताए ।
न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएका दीपक अधिकारीको पनि उस्तै अवस्था छ, उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ । महँगी बढेका कारण मलहरूमा चहलपहल कम भएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग