सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
भेटघाट

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

सोमबार, २१ असोज २०८१, १७ : १४
सोमबार, २१ असोज २०८१


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हाे ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणादेउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप