मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

असोज २४ गते नेपाल वायुसेवा निगमले उद्धार उडान गर्ने

सोमबार, २१ असोज २०८१, १६ : १८
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाल वायुसेवा निगमले असोज २४ काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगम जनाएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी A320 जहाजबाट उद्धार उडान गर्न लागिएको जानकारी दिएको छ  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्धार उडान गर्न लागिएको समेत निगमले जनाएको छ । निगमले सो दिनको उडान तालिका समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौँ १२ः ३० मा उडान हुने समेत विज्ञप्तिमा जनाइएको छ । काठमाडौँबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँबाट ३८९० लाग्ने समेत निगमले जनाएको छ । 

uddar 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप