सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् एन्ड्रोइड स्मार्टफोनका पाँच विशेष सुविधा

सोमबार, २१ असोज २०८१, १५ : ५८
सोमबार, २१ असोज २०८१

काठमाडौँ । तपाई एन्ड्रोइड स्मार्टफोन चलाउनु हुन्छ ? त्यसो भए तपाईँले यसको केही विशेष सुविधाहरूको बारेमा जान्नै पर्छ । 

अधिकांश मानिसलाई स्मार्टफोनका सबै सुविधा र विशेषता राम्ररी थाहा हुँदैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता कयौँ सुविधाहरू हुन्छन्, जसले स्मार्टफोनको पावर बढाउने मात्र नभई प्रयोगकर्ताको कामलाई पनि सहज बनाएको हुन्छ ।

वाइफाइ पासवर्ड सेयर

एन्ड्रोइड स्मार्टफोनमा वाइफाइ पासवर्ड सेयर गर्न विशेष सुविधा हुन्छ । तर, यो सुविधाबारे धेरैलाई थाहा छैन । स्मार्टफोनमा वाइफाइको पासवर्ड नदेखाईकनै पनि अरूलाई शेयर गर्न सकिन्छ । वाइफाइको पासवर्ड बताइरहँदा मानिसहरू अलिकति नर्भस जस्तो हुन्छन् यस्तो अवस्थामा क्यूआर कोड मार्फत सजिलै पासवर्ड सेयर गर्न सकिन्छ ।

–क्यूआर कोडबाट वाइफाइ पासवर्ड शेयर गर्न डिभाइसको सेटिङमा जानु पर्छ ।

–त्यसपछि, कनेक्शनमा गएर वाईफाईमा क्लिक गरे करेन्ट नेटवर्कमा ट्याप गर्नुहोस् ।

–क्यूआर कोडको विकल्पमा क्लिक गर्नुहोस् । स्क्यान गरेपछि अर्को फोनमा सिधैं वाईफाई चल्न थाल्नेछ ।

अनुवादको सुविधा

गुगलको खास सुविधाका कारण एन्ड्रोइड स्मार्टफोनमा कुनै पनि टेक्ष्ट सजिलै अनुवाद गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताहरूले त्यो एप छोड्नु पनि पर्दैन । प्रयोगकर्ताहरूले केवल टेक्ष्ट छानेर पप–अप मेनुमा अनुवादको अप्सन छान्नुपर्छ । अनुवाद गर्न लागिएको भाषा पहिलो पटक प्रयोग भइरहेको छ भने, प्रयोगकर्ताहरूले यसलाई डाउनलोड गर्नुपर्नेछ । यसपछि, अर्को पटक टेक्ष्टलाई त्यो भाषामा सजिलै अनुवाद गर्न सकिन्छ ।

फोन चार्जिङको विकल्प

एन्ड्रोइड स्मार्टफोनमार्फत अन्य उपकरण वा फोनलाई पनि चार्ज गर्न सकिन्छ । यसका लागि तपाईँसँग यूएसबी केबल हुनुपर्छ । रिभर्स चार्जिङ प्रविधिबाट फोनबाट अन्य विद्युतीय उपकरणहरू चार्ज गर्न सकिन्छ । यो कामको लागि यूएसबी टाइप–सीको आवश्यकता पर्छ । फोनमा वायरलेस चार्जिङ सपोर्ट छ भने फोनमा रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध हुन्छ । यस्तो अवस्थामा तपाईँले फोन मार्फत इयरबड, टीडब्ल्यूएस र स्मार्टवाच जस्ता अन्य उपकरणहरू सजिलै चार्ज गर्न सकिन्छ । यूएसबी टाइप सी केबल पनि चाहिन्न । अन्य डिभाइस चार्ज गर्दा तपाईँको आफ्नै डिभाइसको ब्याट्री कम हुने भएकोले यस्तो बेलामा तपाईँले फोनको ब्याट्रीको विशेष ख्याल भने राख्नुपर्छ ।

एकै पटक दुई एप्सको प्रयोग

तपाईँसँग एन्ड्रोइड स्मार्टफोन छ भने एउटै डिभाइसमा व्हाट्सएप र इन्स्टाग्रामका दुई खाता चलाउन सक्नुहुन्छ । यसका लागि प्रयोगकर्ताहरूले एप क्लोन सुविधा प्रयोग गर्नुपर्नेछ । कयौँ डिभाइसमा समानान्तर डुअल स्पेस सुविधा पनि उपलब्ध छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले डिभाइसको सेटिङमा गएर यो सुविधा सुरु गर्नुपर्नेछ । तर यसको सेटिङ मोडेल अनुसार फरक हुन सक्छ ।

डेभलपर फिचर्स

एन्ड्रोइड स्मार्टफोन चलाउनु हुन्छ भने तपाईँले सजिलैसँग खास सुविधाको लाभ लिन सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनहरूमा डेभलपर विकल्पको फाइदा लिन सकिन्छ । यसमा प्रयोगकर्ताहरूले डेभलपरले पाउने वस्ता सुविधा पाउँछन् । प्रयोगकर्ताहरूले यसमा फिचरलाई कष्टमाइज्ड गर्न सक्छन् । यसमा प्रयोगकर्ताहरूले एक्सटेन्डेड वेक, ब्लुटुथको सीमा हटाउने, कस्टम र्‍याम इन्ष्टल गर्ने र बुटलोडर अनलक गर्ने जस्ता सुविधाहरू पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप