लेबनानको सीमामा भिडन्तका क्रममा एक इजरायली सैनिकको मृत्यु

बेरुत । लेबनान सीमामा भएको भिडन्तका क्रममा आफ्ना एक सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । अरु दुई सैनिक घाइते भएको बताइएको छ ।
यसैबिच, इरान समर्थित हिजबुल्लाहविरुद्ध इजरायली सेनाको जमिनबाट सैन्य कारबाही सोमबार पनि जारी छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले गाजामा रहेको हमासको ठेगानाहरूमा आक्रमण गरिरहेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् । गाजाको दक्षिणी क्षेत्रबाट इजरायलतर्फ चारवटा मिसाइल प्रहार गरेको इजरायली सेनाले जनाएको छ । तर, इजरायली वायुसेनाले तीमध्ये तीनवटा मिसाइललाई असफल बनाएको थियो ।
एउटा क्षेप्यास्त्र खाली ठाउँमा खसेको थियो । इजरायलका धेरै ठाउँहरूमा मानिसहरूले अक्टोबर सातको सम्झनामा शोक र प्रदर्शन गरिरहेका छन् । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । सोही दिन हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र