उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, २१ असोज २०८१, १५ : ३३

काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएको सेनाले जनाएको छ । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा