सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

बजार अनुगमन : १३० वटा पसलमध्ये २२ वटामा म्याद गुज्रिएका सामान भेटिए

सोमबार, २१ असोज २०८१, १५ : २६
सोमबार, २१ असोज २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।

 बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ । 

यसैगरी ८२ वटा पसलमा देखिने गरी मूल्यसूची राखिएको थिएन । यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइएको महानगरले जनाएको छ । ६२ वटाको व्यवसाय दर्ता थिएन भने यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप