सबै भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी

बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुम्वासी र बर्षौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।
सोमबार कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरीने जानकारी दिए ।
मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक ( मिनाह डिहि) मा बर्षौंदेखि अलपत्र रूपमा बसोबास गरेका परिवारहरूलाई लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू खुसी भएका थिए । वर्षौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’