दसैँमा पनि वर्षाको सम्भावना
सोमबार, २१ असोज २०८१, १५ : २२
_KxwaIHFB08.jpg)
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन देशभरबाट बाहिरिने सम्भावना छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । “यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी
-
ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न