सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार

सोमबार, २१ असोज २०८१, १५ : १७
सोमबार, २१ असोज २०८१

काठमाडौँ । आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ । 

सोमबार १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ । 

कारोबार रकमका हिसाबले सोमबार चन्द्रागिरि हिल्स शीर्ष स्थानमा रह्यो । यसको २६ करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सोमबार थ्रि स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले उकालो लागेको छ । 

सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले उकालो लाग्यो । सोमबार उत्पादन र फाइनान्स उपसमूहको सूचक घटेको छ । बाँकी उपसमूहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको ३.५० प्रतिशतले बढेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप