सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सोमबार, २१ असोज २०८१, १५ : ११
सोमबार, २१ असोज २०८१

काठमाडौँ । स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीया सावित्री वली र २५ वर्षीय सुरेश वली रहेका छन् । 

उनीहरूको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको १५ लाख रकमसहित सावित्री वलीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त रकम भारतीय नागरिकको रहेको र एक वर्षदेखि काठमाडौँको न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ ।

उक्त कार्यालयको चेकजाँच गर्दा सावित्रीको भाइ सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम पनि बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप