सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा कुन मोबाइल किन्दा कस्तो अफर ?

सोमबार, २१ असोज २०८१, १४ : ३०
सोमबार, २१ असोज २०८१

काठमाडौँ । दसैँमा मोबाइल फोनको बिक्री पनि बढ्ने गर्दछ । ग्राहकबाट उच्च माग हुने भएकाले कम्पनीहरूले यो बेला विभिन्न अफर ल्याउँछन् । नेपालमा मोबाइल बिक्री गरिरहेका केही कम्पनीहरूले यो दसैँका लागि थाइल्यान्ड भ्रमण, नगद छुटदेखि कार उपहार राखेका छन् । 

मोबाइल किन्दा मोबाइल उपहार 

सामसङ मोबाइलले ‘दसैँको पावर, ग्यालेक्सी ए ०६ हरेक आवर’ अफर ल्याएको छ । यो अफर सबै सामसङ मोबाइल तथा ट्याबलेट किन्दा लागू हुने कम्पनीले जनाएको छ । ३० दिनसम्म चल्ने योजनामा ३०० जना ग्राहकले सामसङ ए ०६ मोबाइल जित्न सक्नेछन् । कम्पनीले दसैँ अफरमा सामसङका मोबाइल शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा पनि लिन सकिने जनाएको छ ।  

शाओमीमा ४ हजार छुट  

शाओमीले दसैँ तिहारलाई मध्यनजर गर्दै विशेष अफर ल्याएको छ । ‘दसैँ तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरूले मोबाइल खरिदमा रु. ४ हजारसम्मको छुट पाउन  सक्ने  कम्पनीले बताएको छ । 

जारी चाडपर्व विशेष अफर कार्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ । विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ । 

रियलमीमा कार उपहार 

रियलमीले ‘बडा दसैँ, तिहारको बडा अफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत एक जना विजेताले मेगा उपहारस्वरूप एमजी–४ ईभी जित्ने अवसर पाउनेछन् । त्यस्तै बम्पर उपहारस्वरूप अर्को एक जनाले टीभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । 

त्यस्तै हरेक हप्ता २ जना विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् । हरेक दिन १० जना ग्राहकले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर असोज १५ देखि कात्तिक २२ सम्म लागू हुनेछ ।

इन्फिनिक्समा स्कुटर 

इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दसैँ तिहार धमाका अफर ल्याएको छ । यस अफरमा ग्राहकहरूले भेस्पा स्कुटर, स्मार्टफोनहरू र अन्य आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । असोज ११ देखि सुरु भएको यो अफर कात्तिक १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

अनर किन्दा थाइल्यान्ड भ्रमण 

अनर नेपालले दसैँको अवसरमा ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत कुनै पनि ग्राहकले अनरको स्मार्टफोन किन्दा थाइल्यान्ड भ्रमण र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् । असोज १ देखि सुरु भएको योजना कात्तिक २२ गतेसम्म लागू हुनेछ । 

यस अफरअन्तर्गत दैनिक अनरको च्वाइस एयरबड्स एक्स ५ र स्याकी जीटी वाच जित्न सकिने छ । साप्ताहिक पुरस्कारका रूपमा मार्सल स्पिकर र अनर २०० जित्न सकिने कम्पनीले जनाएको छ । विशेष ग्रान्ड पुरस्कारका रूपमा थाइल्यान्ड भ्रमण, अप्रिलिया स्कुटर र अनर म्याजिक भी २ जित्न सकिने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप