सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ

सोमबार, २१ असोज २०८१, १४ : ३०
सोमबार, २१ असोज २०८१

काठमाडौँ । श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन् ।

गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

घटनापछि जितबहादुर भने फरार भएका थिए । उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो । 

जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप