पाइरेसीविरुद्ध निश्चलले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल हालिएको भन्दै निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
पाइरेसीका कारण फिल्मलाई क्षति पुगेकोले त्यस्ता सामाजिक सञ्जालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै बस्नेतले उजुरी दिएका हुन् ।
बस्नेतले आफूले साइबर ब्युरोमा उजुरी दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फिल्म बौद्धिक सम्पत्ति भएको र जति पनि युट्युब र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न माग गरेको छु ।’
केही दिनअगाडि चलचित्र विकास बोर्डले पनि एक विज्ञप्ति जारी गर्दै फिल्मको पाइरेसी नगर्न अनुरोध गरेको थियो ।
‘बेहुली फ्रम मेघौली’ गत बिहीबारबाट प्रदर्शनमा आएको हो । निश्चल बस्नेत, स्वस्तिमा खड्का, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको फिल्म सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्मको महत्त्वपूर्ण दृश्यहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले