बाढी पहिरोका कारण कृषि क्षेत्र सङ्कटमा परेको छ : मन्त्री अधिकारी
सोमबार, २१ असोज २०८१, १३ : ४६

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरोमा सबैभन्दा बढी कृषि क्षेत्र सङ्कटमा परेको बताएका छन् । सोमबार कृषि विभागमा ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अधिकारीले सरकारले ४३ जिल्ला प्राकृतिक सङ्कट घोषणा गरेको जिल्लामा सबैभन्दा बढी कृषि क्षेत्र परेको बताएका हुन् ।
बाढी पहिरोमा परेका किसानको समस्यालाई सम्बोधन गर्ने बताएका छन् । बाढी पहिरोले पुर्याएको क्षतिको विवरणलाई मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको समेत मन्त्री अधिकारीले बताए । देशभर ६५ प्रतिशत जनता कृषिमा आबद्ध भए पनि खाद्यान्न परिपूर्तिका लागि आयात गर्नुपरेको उनले बताए ।
पछिल्लो पटक बाढी पहिरोका कारण कृषि उपजमा करिब ६ अर्ब बराबरको क्षति पुगेको मन्त्री अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?