सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोपछि स्त्री–२ र पुष्षाका कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसियो

सोमबार, २१ असोज २०८१, १३ : ३९
सोमबार, २१ असोज २०८१

हैदराबाद । नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोप लागेपछि जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसिएको छ । भारतको मिनिस्ट्री अफ इन्फर्मेसन एन्ड ब्रोडकास्टिङले आइतबार यसबारे जानकारी दिएको हो ।

जानीवरुद्ध १५ सेप्टेम्बरमा तेलंगानाको साइबराबाद रायदुर्गम प्रहरी स्टेसनमा उजुरी दर्ता गरेकी थिइन् । जानी मास्टरलाई सन् २०२२ मा रिलिज भएको धनुषको चलचित्र ‘तिरुचित्रम्बालम’ को गीन ‘मेघम करुकथा’ मा डान्स कोरियोग्राफीका लागि राष्ट्रिय पुरस्कार दिइएको थियो । उनले स्त्री–२ को गीत ‘आई नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को पनि कोरियोग्राफ गरेका थिए ।

उजुरी दर्ता गर्ने युवतीका अनुसार जानी मास्टरले मुम्बई र हैदराबादमा विभिन्न प्रोजेक्टको सुटिङका दौरान उनको यौन शोषण गरेका थिए । साथै हैदराबादस्थित जानीको घरमा पनि उनीमाथि शोषण गरिएको थियो । ती युवतीले जानी मास्टरसँग आफ्नो भेट सन् २०१७ को एक कार्यक्रममा भएको र दुई वर्षपछि उनलाई एसिस्टेन्ट कोरियोग्राफरको काम दिएको पनि उल्लेख गरेकी छन्।

पहिलोपटक मुम्बईमा भएको एक कार्यक्रममा दौरान होटलमा उनीमाथि यौन शोषण गरिएको थियो । त्यसपछि पनि डर–धम्की दिएर पटक–पटक आफूमाथि शोषण भएको उनले उजुरीमा बताएकी छिन् । यौन शोषण हुँदा आफ्नो उमेर मात्र १६ वर्षको रहेको युवतीको जिकिर छ ।

उजुरीपछि प्रहरीले सेप्टेम्बर १६ मा मुद्दा दर्ता गरी १९ सेप्टेम्बरमा जानी मास्टरलाई गोवाबाट पक्राउ गरेको थियो । २० सेप्टेम्बरमा उनलाई अदालतमा पेस गरिएको थियो । उनी हाल हैदाराबादको चंचलगुडा सेन्ट्रल जेलमा रहेका छन् ।

जानीले अक्टोबर ८ मा हुने राष्ट्रिय पुरस्कारका लागि धरौटीमा रिहा हुन माग गरेका थिए । अदालतले उनलाई ६ देखि १० अक्टोबरसम्म धरौटीमा रिहा गर्न आदेश पनि दिएको थियो । तर, अहिले उनको कार्यक्रमबाट निमन्त्रणा रद्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप