सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु

सोमबार, २१ असोज २०८१, १३ : २९
सोमबार, २१ असोज २०८१

काठमाडौँ । मोरङको बेलबारीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ स्थित चिसाङमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार चित्रसागर राईको मृत्यु भएको हो । ३२ वर्षीय राई प्रहरी जवान हुन् । उनी सुनसरीमा कार्यरत थिए ।

राईले चलाएको प्रदेश–१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल लाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । कार चालक मोरङको सुन्दरहरैंचा–९ घर भएका ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप