सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

टीभीलगायतका घरायसी सामग्री किन्दै हुनुहुन्छ ? यस्तो छ दसैँ अफर

सोमबार, २१ असोज २०८१, १२ : ३६
सोमबार, २१ असोज २०८१

काठमाडौँ । चाडबाडको माहोल सुरु भएसँगै विभिन्न विद्युतीय सामग्री उत्पादक तथा वितरक कम्पनीहरूले अफर ल्याएका छन् । ग्राहकलाई आफूतिर तान्न र व्यापार बढाउन हरेक वर्षका चाडबाडमा कम्पनीहरूले अफर सार्वजनिक गर्ने गरेका छन् । 

सामसङ
सामसङले ‘भव्य दसैँ तिहार, घरभरी उपहार’ अफर ल्याएको छ । कात्तिक ३० सम्म सञ्चालन हुने यो अफरमा ग्राहकलाई ३१ प्रतिशत सम्मको छुटमा सामसङ टीभी तथा अन्य विद्युतीय सामग्री दिइने कम्पनीले जनाएको छ ।

केही सामसङ टीभीमा एक वर्षको निःशुल्क वर्ल्डलिंकको इन्टरनेट र नेटटीभी दिइने अफर पनि छ । सामसङका एचडी, एफएचडी, ४ के यूएचडी, क्यूएलईडी, नियो क्यूएलईडी ४ के टीभी र फ्रेम टीभीमा विशेष बोनस उपहारसहित क्यासब्याक समेत रहेको कम्पनीको भनाइ छ । सामसङका टीभी तथा विद्युतीय सामग्री किस्ताबन्दीमा पनि किन्न सकिन्छ । 

स्काईवर्थ

केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट अप्लाएन्सेस प्रालिले ‘स्काइवर्थ सपना साकार,  दशैं तिहारको बहार’ योजना ल्याएको छ । यसअन्तर्गत स्काईवर्थको टीभी र अन्य सामग्री किन्ने ग्राहकमध्ये एकजनाले बम्परमा कार उपहार पाउनेछन् । 

ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् । अन्य विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ । त्यसका साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन् । यो अफर असोज १ गतेदेखि कार्तिक ३० सम्म लागू हुनेछ । स्काइवर्थले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वासिङमेसिन, एयर कन्डिसनर जस्ता होम अप्लायन्सेसहरू बिक्री गर्दै आइरहेको छ । 

माइडिया 

माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले दसैँ र तिहार लक्षित गर्दै ‘बाइ विन फ्लाइ’ अफर ल्याएको छ । यस अफरमा माइडियाको टीभी तथा अन्य घरायसी सामग्री किन्नेमध्ये बम्परान दुई जनाले थाइल्यान्ड टुर जान पाउनेछन् । त्यसका साथै हरेक हप्ता मिक्स्चर तथा ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । 

सिजी

सिजी स्मार्ट डोमेस्टिक एप्लायन्सले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘दशैँमा १० अफर’ ल्याएको छ । यसअन्तर्गत १० ग्राहकले १०–१० ग्रामका सुनका सिक्का जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै किचन अप्लायन्स किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण उपलब्ध गराउनुपर्नेछ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका घरायसी उत्पादनमा समेटिएको छ । भदौ २३ गतेबाट सुरु भएको योजना छठ पर्वसम्म रहने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप