खेलाडीलाई उपचार खर्च
सोमबार, २१ असोज २०८१, १२ : ३९

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए । विपिनको मिर्गौलामा समस्या छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सो अवसरमा कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का उप निर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि