सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

होटल याक एण्ड यतिलाई तीन लाख जरिवाना

सोमबार, २१ असोज २०८१, १२ : ०३
सोमबार, २१ असोज २०८१

काठमाडौँ । म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना गरिएको छ । आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरिरहेको फेला पारेको थियो । 

 जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागका सूचनाअधिकारी डिकबहादुर कार्कीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप