सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

‘तिम्रै हुने मन छ’ मा सलोन र सिमोनको रोमान्स

सोमबार, २१ असोज २०८१, ११ : ३७
सोमबार, २१ असोज २०८१

काठमाडौँ । गायक सूर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक भएको छ । शङ्कर अधिकारी ‘घायल’ को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज गीतमा छ । 

सञ्चारकर्मी कुमार आचार्य निर्देशित भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेलको अभिनय छ । गीतमा पुरानो समयको प्रेमकथा देखाइएको छ । सलोन र सिमोनको रोमान्स देखाइएको भिडियोमा नरेशलाई सिमोनको बुवाका रूपमा प्रस्तुत गरिएको छ । उनलाई सलोन र सिमोनको प्रेमको विरोधीका रूपमा देख्न सकिन्छ । 

सुरेश पाण्डेको कोरियोग्राफी, ईश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन भिडियोमा छ । भिडियोको पोस्ट प्रोडक्सन मुभी पोइन्टले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप