सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

सिमखोलामा डाइभर्सन भासिँदा कुलेखानी- फाखेल र सिस्नेरीतर्फको सडक पुनः अवरुद्ध

सोमबार, २१ असोज २०८१, ११ : २१
सोमबार, २१ असोज २०८१

हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ ।  सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवैतर्फका सवारी आवागमन अवरुद्ध भएका छन् । यसअघि आइतबार दिउँसोबाट उक्त सडक खण्डहरू सञ्चालनमा ल्याइएको थियो ।

पाँच दिन लगाएर कुलेखानी स्थित सिमखोल, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले अबको २ घण्टाभित्र सवारी आवागमन सुचारु हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जनाकारी दिएका छन् ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा मा डाइभर्सन निर्माण गरी आइतबार अपराह्नबाट सवारी आवागमन खुलाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप