पहिलो एमपक्स डाइग्नोस्टिक टेस्टलाई डब्ल्युएचओले दियो अनुमति
काठमाडौँ । एमपक्स सङ्क्रमितको सङ्ख्या लगातार बढ्नु यतिबेला चिन्ताको विषय बनेको छ । एमपक्स एक थरी भाइरल रोग हो, जुन सामान्यतः मान्छेसँगको सम्पर्कबाट अर्को मान्छेमा सर्छ । अहिलेसम्म धेरै मानिसमा यसको सङ्क्रमण देखिइसकेको छ ।
यो फ्लु जस्तै रोग हो । यसबाट सङ्क्रमित भएको व्यक्तिको शरीरमा पिप भरिएको बिबिरा आउँछ । एमपक्सलाई यसअघि मंकीपक्स भनिन्थ्यो ।
द्रुत रूपमा फैलिरहेको यसको नयाँ स्ट्रेनका कारण पहिले यसको सङ्क्रमण नभेटिएका देशहरूमा यसका बिरामी भेटिन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गएको बिहीबार एबट ल्याबोरेटरीजको एमपक्स डायग्नोस्टिक परीक्षणलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
एबट मोलिक्युलर इंकले बनाएको एनिलिटी एम एमपक्सवी परीक्षणलाई आपत्कालीन प्रयोग स्वीकृति दिनु एमपक्सको प्रकोपको सामना गरिरहेका देशमा निदान क्षमता विस्तार गर्न महत्त्वपूर्ण हुने आशा डब्ल्यूएचओले एउटा विज्ञप्तिमा व्यक्त गरेको छ
कसरी काम गर्छ यस परीक्षणले ?
न्यूक्लिक एसिड एम्प्लिफिकेशन टेस्टिङ (एनएएटी)ले मंकीपक्स भाइरस लागेको छ छैन भन्ने कुराको पुष्टि गर्न सघाउँछ । यसले रियल टाइम वा समय वा परम्परागत पोलिमरेज चेन रियाक्सन (पीसीआर) जस्तै काम गर्छ । सन्दिग्ध अवस्थामा यो मंकीपक्स भाइरस (एमपीएक्सभी)को सङ्क्रमण पुष्टि गर्ने अनुशासित नमुना हो । यसले मान्छेको छाला रहेको घाउको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउँछ ।
‘आपत्कालीन प्रयोग सूचीकरण प्रक्रिया अन्तर्गत सूचीबद्ध यो एमपक्सको सङ्क्रमण पत्ता लगाउने पहिलो परीक्षण भएको डब्ल्यूएचओका सहायक महानिर्देशक डा.युकिको नाकतानीले भनेका छन् । सङ्क्रमणको मारमा परेको देशमा परीक्षणको उपलब्धता विस्तार गर्न यो महत्त्वपूर्ण कोशेढुंगा साबित हुने आशा उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी छ : शर्मा
-
सर्वोच्चले गर्ने फैसला उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्छ : सिटौला
-
राष्ट्र बैंकको ६ महिने समीक्षा : सुस्त सरकारी खर्च, वैदेशिक व्यापारमा सामान्य सुधार
-
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य