कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाइ
_eAZHQW4qh8.jpg)
काठमाडौँ । नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ ।
केही दिनअघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरू तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाइ गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
उनले भने, ‘गएको ११ र १२ गते अविरल वर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एक दमै धेरै फोहोर भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य कल्यान गुरुङको संयोजकत्वमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग छ । त्यसकै समन्वयमा सफा गरिरहेका छौं ।’
यसै सिलसिलामा विभागले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर परिसर, पार्टी कार्यालय वरपरको परिसर, बागमती किनाराको पनि सरसफाइ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास