सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

विपद्‍मा नागरिकलाई सरकारको अनुभूति दिनुपर्छ : मन्त्री काफ्ले

सोमबार, २१ असोज २०८१, ०७ : ४१
सोमबार, २१ असोज २०८१

मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले विपद्को समयमा आम नागरिकलाई राज्य र सरकारको अनुभूति दिनुपर्ने बताएका छन् । विपद्पछि समस्यामा परेका नागरिकलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउन प्रदेश सरकार अगाडी बढ्न तयार रहेको उनले बताएका हुन् । 

काभ्रेको विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री काफ्लेले जनतालाई अप्ठ्यारो भएको बेलामा सरकार समस्या देखाए उम्कन बताए । उनका अनुसार वर्तमान अवस्थामा विशेष गरी पूर्वाधारको क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । 

बागमती प्रदेशले लगानी गरेर काम गरिरहेको ठाउँहरूको क्षतिको अवस्थामा त्यसलाई प्राथमिकताका साथ पुनर्निर्माण र संरक्षणको काम गर्ने गरी प्रक्रिया अगाडी बढाउने निर्णय गरे अनुसार मातहतका कार्यालयहरूलाई मन्त्री काफ्लेले निर्देशन दिए ।

‘जनतालाई हामीले सरकारको अनुभूति हामीले नै दिनुपर्छ । जनतालाई यो छैन, त्यो छैन, नियम र कानुन छैन भनेर होइन कि सरकार भनेको नै तपाईँहरू भएकाले दुःखको वेलामा सरकारको अनुभूति दिनुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप