सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले बोनस सेयर र नगद लाभांश दिने

सोमबार, २१ असोज २०८१, ०७ : १८
सोमबार, २१ असोज २०८१

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एन्ड कम्पनीलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप