सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
आईभीएफ

‘नयाँ दम्पतीले एक पटक प्रजनन विशेषज्ञसँग परामर्श लिनुपर्छ’

सोमबार, २१ असोज २०८१

काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्या बढ्दो छ । नेपालीको बद्लिँदो खानपिन, वैदेशिक रोजगारी, ढिलो विवाहका कारणले निःसन्तानको समस्या बढ्दो पाइएको हो ।

निःसन्तानको समस्या समाधान गर्दै आएको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्सस्थित हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले उच्चस्तरीय अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा प्रदान गर्दै आएको छ । निःसन्तान, प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा सुलभ दरमा अन्तर्राष्ट्रियस्तरको उपलब्ध रहेको सेन्टरले जनाएको छ ।

सेन्टरले निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीलाई  परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाइ आईयूआई, आईभीएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

आईभीएफमा केन्द्रित रहेर सेन्टरका प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

  • के हो आईभीएफ ?

आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि पाठेघरभित्र राखिन्छ । ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आईयूआई धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आईभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिन्छ । यो प्रक्रिया नै आईभीएफ हो ।

  • आईभीएफ किन आवश्यक छ ?

प्राकृतिक रूपले वा आईयूआई प्रक्रियाबाट बच्चा नहुनुका विभिन्न कारण हुन्छन् । जस्तै, पाठेघरमा नली बन्द भयो अथवा अण्डाको निष्कासन हुन सकेन वा पाठेघरमा मासु पलायो भने यस्ता दम्पतीले आईभीएफ गर्नुपर्ने हुन्छ ।

योसँगै पुरुषको कुरा गर्दा शुक्रकीटमा जति हुनुपर्ने हो, त्यतिमात्र भन्दा कम छ, या शुक्रकीट बनावटमा कमीजस्ता समस्या छ भने आईभीएफमार्फत बच्चा जन्माउने प्रक्रिया गर्नुपर्छ ।

  • आईभीएफ गराउने उमेर कति उपयुक्त हुन्छ ?

आईभीएफ गराउन २० देखि २५ वर्षको उमेरमै मिल्छ । तर कारण के हो, त्यसको पहिचान हुनुपर्छ । २० वर्षमा जाँच गर्दा पाठेघरको दुवै नली बन्द भए आईभीएफ गर्न सकिन्छ । बढीमा ४५ देखि ५० वर्षको उमेरमा पनि आईभीएफ गरेका छौँ । यति उमेरसम्म आईभीएफ गर्नुपर्छ भनेर कानुन छैन । तर ५० वर्षभन्दा बढी उमेरमा स्वास्थ्यको दृष्टिकोणले आईभीएफ गर्न जोखिम हुन्छ ।

  • आईभीएफका लागि खर्च कति लाग्छ ?

आईभीएफ खर्चिलो प्रक्रिया हो । आईभीएफमा लाग्ने औषधि, ल्याबको परीक्षण महँगो नै हुन्छ । हार्दिकमा अन्तर्राष्ट्रियस्तरको आईभीएफ सुविधा सस्तो दरमा उपलब्ध गराएका छौँ । जसमा केस हेरिहेरी पनि हुन्छ, जुन हामीकहाँ कम्तीमा पनि साढे दुई लाखदेखि त्योभन्दा बढी पनि हुन सक्छ । केस हेरेर खर्च फरक पर्न जान्छ ।

  • आईभीएफको ‘सक्सेस रेट’ कति हो ?

आईभीएफको ‘सक्सेस रेट’ भनेको हरेक दम्पतीमा भर पर्छ । हरेक दम्पतीको हकमा यो दर फरक–फरक हुन्छ । मानौँ, कुनै दम्पतीको कम उमेर छ, श्रीमानको शुक्रकीट राम्रो छ । तर नली बन्दको कारणले मात्रै बच्चा हुन सकेको छैन भने यस्ता दम्पतीको अरूको तुलनामा ‘सक्सेस दर’ बढी हुन्छ । हामीले धेरैलाई सेवा दिएका छौँ । धेरैको सक्सेस पनि भएको छ ।

  • आईभीएफसँगै निःसन्तानका लागि अरू प्रक्रिया पनि हुन्छ ? हार्दिकले के–कस्ता सेवा दिएको छ ?

सबैलाई आईभीएफ चाहिन्छ भन्ने होइन । आईभीएफका लागि आएका दम्पतीलाई आईयूआई गरेर मात्रै पनि आमा बनाएका छौँ ।  त्यस्तै, अण्डा निष्कासन हुने समयमा समयको मात्रै तालिका मिलाएर हामीले प्राकृतिक रूपमै आमा बनाउने सेवा दिएका छौँ । त्यो बाहेक प्रजननसँग सम्बन्धित पुरुषको वीर्य जाँचदेखि लिएर भविष्यका लागि भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र वीर्य भण्डारण गर्न सक्ने सेवा छ ।

  • अण्डा, भ्रूण र वीर्य भण्डारण गर्न कति समय र कति खर्च लाग्छ ?

अण्डा, भ्रूण र वीर्य ५ वर्ष राख्न, १० वर्षसम्म भण्डारण गर्न सकिन्छ । अण्डा, भ्रूण र वीर्य भण्डारणका लागि वार्षिक रूपमा करिब ४० देखि ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । आईयूआईको प्रक्रियाका लागि १२ हजारदेखि सुरु गरिन्छ । यसमा औषधिको खर्च करिब ५ हजारको हराहारीमा हुन्छ । यसले गर्दा करिब १७ हजारको हराहारीमा आईयूआईको खर्च हुन्छ ।

  • हार्दिक आईभीएफ सेन्टरमै सेवा लिन किन आउने ?

हार्दिक आईभीएफ सेन्टरमा अन्तर्राष्ट्रियस्तरको प्रजननसँग सम्बन्धि सेवा प्रदान गरिन्छ । सेन्टरमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाइ आईयूआई, आईभीएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध छ ।

  • प्रजनन परामर्श कति आवश्यक छ ?

निःसन्तान हुनु भएका सबै दम्पती आईभीएफ नै गर्नुपर्छ भन्ने छैन । तर नयाँ दम्पतीले एक पटक प्रजनन विशेषज्ञसँग परामर्श लिनुपर्छ । यसले गर्दा ढिलो हुँदा अण्डा डोनरमा लिनु परेन, केही ढिला हुने गरी योजना बनाए पनि आफ्नै अण्डा वा शुक्रकीट भण्डारण गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया