सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

कराची विमानस्थल नजिक विस्फोट, कम्तीमा दुई चिनियाँको मृत्यु

सोमबार, २१ असोज २०८१, ०६ : ३७
सोमबार, २१ असोज २०८१

कराची । पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ ।

दूतावासका अनुसार विस्फोटमा परेर थुप्रै पाकिस्तानी नागरिकको मृत्यु हुनका साथै घाइते भएका छन् । घटना स्थानीय समयअनुसार आइतबार राति ११ बजे घटेको थियो । घटनामा मृत्यु हुनेको यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।

पछिल्लो समय चिनियाँ नागरिकमाथि आक्रमण गर्दै आएको पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) ले पछिल्लो घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी विज्ञप्तिमा समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताको कारकेडलाई निशाना बनाएको बताएको छ ।

चिनियाँ दूतावासका अनुसार चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनरेसन कम्पनी लिमिटेडका इन्जिनियरहरुलाई निशाना बनाइएको थियो । कम्पनीले कराची नजिकै दुई कोइलाको पावर प्लान्ट बनाउने लक्ष्य लिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप