६ गोलको थ्रिलरमा बराबरीमा रोकियो बायर्न

म्युनिख । निकै रोमाञ्चक बनेको खेलमा बायर्न म्युनिख एइनट्राक्ट फ्रांकफर्टसँग बराबरीमा राकिएको छ । बुन्डेस लिगा अन्तरगत आइतबार राति भएको दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो ।
खेलको १५ औँ मिनेटमा नै किम मिन जेले बायर्नलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा ओमार मारमुसले फ्रांकफर्टका लागि बराबरी गोल फर्काए । उनले लिगमा गोल गरेको यो लगातार पाँचौँ खेल पनि थियो ।
इजिप्टका फरवार्डले ३५ औँ मिनेटमा ह्युगो एकिटिकेलाई गोलको अवसर पनि सिर्जना गरे । तर, टोलीको अग्रता भने लामो समय टिक्न सकेन । डायोट उमापेकानोले ३८ औँ मिनेटमा बायर्नका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा ह्यारी केनको पासमा माइकल ओलिसेले बायर्नलाई अग्रता दिलाए । टोली जिततर्फ अघि बढिरहँदा इन्जुरी समयको चौथो मिनेटमा ओमारले गोल गर्दै खेल बराबरी गरे । उनले फ्रांकफर्टका लागि पछिल्ला ८ खेलमा १० गोल गरेका छन्।
बराबरीपछि बायर्न ६ खेलबाट १४ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम छ । फ्रांकफर्ट १३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत