सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

सोमबार, २१ असोज २०८१, ०५ : ५३
सोमबार, २१ असोज २०८१

वि.सं. २०८१ साल असोज २१ गते । सोमबार । इस्वी सन् २०२४ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी, ० घडी ३९ पला, बिहान ६ बजेर १६ मिनेट उप्रान्त पंचमी । नक्षत्र–अनुराधा, ४४ घडी ५५ पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग–आयुष्मान, ५८ घडी ५५ पला, रातको ५ बजेर ३५ मिनेट उप्रान्त सौभाग्य । 

करण–भद्रा, बिहान ६ बजेर १६ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ४६ मिनेट उप्रान्त बालव ।  आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी  ५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १४ पला । उपाङ्गललिता व्रत।

आजको बार बेला ।  

  • बिहान ०६ बजेर ०० मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ०१ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
  • बिहान ०८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ५२ मिनेटदेखि दिउसो १ बजेर १८ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर १९ मिनेटदेखि दिउसो २ बजेर ४६  मिनेटसम्म लाभ बेला ।
  • दिउसो २ बजेर ४७ मिनेटदेखि बेलुकी ४ बजेर १४ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर १५ मिनेटदेखि बेलुकी ७ बजेर १४ मिनेटसम्म चर बेला ।
  • नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ । नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रह्मा मुहूर्त रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । पहिरन, खाद्यान्न तथा विलासिताका सामानको व्यापार गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरू हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राको योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट तपाईँको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिन लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने ग्रहयोग रहेको छ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । अक्षम्य व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ । तर पनि खाद्यान्न, बिलासी सामान तथा पहिरनको व्यवसायबाट लाभ लिन सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा फैसला हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि थाती रहेको कामहरू बन्नेछन्  । आर्थिक मुद्दाहरू हल भएर जानेछन् । बिलासी सामान, पहिरन, गरगहना तथा खाद्यान्नको व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । लामो दुरीको यात्राको तय हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा दिन बित्नेछ भने कल्याणकारी तथा सेवाको भावले काम गर्न पाउँदा मन प्रसन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । कृषि, सवारी साधनको मर्मत तथा बिक्री, गरगहना, पहिरन जस्ता व्यवसायबाट आम्दानी गर्न सकिनेछ । तर पनि यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर पनि हुन सक्छ ।
  •  कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ तथा बन्धु बान्धवसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाइ लेखाइको प्रेसरले मन अशान्त हुनेछ । तर पनि किनमेल तथा खानपानमा समय व्यतीत हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ ।
  •  तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । परिवारका साथ मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कला, साहित्य तथा गीतसङ्गीतको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ भने यात्रा गर्ने अवसर जुर्नेछ । पहिरन, गरगहना, खाद्यान्न, बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
  •  धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपङ्त्तिमा आउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । तर पनि न्यायिक निकायबाट हुने फैसला तपाईँको पक्षमा नहुन सक्छ । राशि स्वामीको प्रतिकुल प्रभावको कारणले पति पत्नीबिच मनमुटाब बढ्ने योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक अवस्था सुदृढ हुने तथा व्यापारमा वृद्धि हुनाले आम्दानी बढ्नेछ । पैतृक धन तथा सम्पत्तिको परिचालन गरि लाभ लिन सकिनेछ । सवारी साधन मर्मत तथा बिक्री, पहिरन, गरगहना, बिलासी सामान तथा उड्डयनसँग सम्बन्धित व्यापारबाट मनग्गे आम्दानी हुनेछ । प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । छोटो दुरीको यात्राको तय हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । पहिरन, खाद्यान्न,गरगहना, सवारी साधनको व्यापारबाट लाभ लिन सकिनेछ । किनमेल तथा यात्रामा समय व्यतीत हुनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ । तर पनि राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  अध्ययनले क्षमता वृद्धि हुने तथा सफलताको सुत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतीत हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाह रुपी निकास दिने सहमति जुट्ने योग रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप