सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ

सोमबार, २१ असोज २०८१, ०० : ४४
सोमबार, २१ असोज २०८१

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगल गठन गरेको छ । भेलाले इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सविना मनाङथेन, फुर्वासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन भएका छन् ।

संघको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन हुनुभएको छ भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन भएका नेपाल राष्ट्रिय तामाङ घेदुङ संघका केन्द्रीय सदस्य सागर योञ्जन तामाङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप