सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक

सोमबार, २१ असोज २०८१, ०२ : १५
सोमबार, २१ असोज २०८१

संखुवासभा । जिल्ला कारागारमा रहेको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले नौ सय थानभन्दा बढी पुस्तक उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमबीच साब्लाबुङ पुस्तकालय अभियानले कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेको हो । 

जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

कैदीबन्दीलाई कानुनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी, साहित्यसम्बन्धी रु एक लाख ५० हजार बराबरका पुस्तक उपलब्ध गराइएको उनले बताए । 

आफूहरूले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको अध्यक्ष राईले बताए।

कारागार प्रमुख जेलर तुलसी पौडेलले यस कार्यले कैदीबन्दीहरूलाई आवश्यक अध्ययन तथा महत्वपूर्ण विषयमा जानकारी लिन सघाउ पुग्ने बताए।

जिल्ला कारागारमा हाल एक सय ३५ कैदीबन्दी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप