सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ–रुम्जाटार हवाई उडान पुनःसञ्चालन

सोमबार, २१ असोज २०८१, ०० : ३०
सोमबार, २१ असोज २०८१

ओखलढुंगा । यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुनः उडान भएको हो । 

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ ।

काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो ।

वर्षाका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । उनका अनुसार प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् ।

काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप