सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर

सोमबार, २१ असोज २०८१, ०३ : १५
सोमबार, २१ असोज २०८१

बेइजिङ । चीनमा १३ वर्षीय किशोरमा रबडोमायोलिसिस भएको छ । समर क्याम्पमा शिक्षकले हजार पटक उठबस गर्न बाध्य पारेपछि किशोरको ज्यान धरापमा परेको हो ।

यो घटना चीनको शान्तोङ पान्तको जिनिङको हो । हालै किशोरका आमा लुले यो घटनाबारे खुलासा गरेकी थिइन् । घटना पछिल्लो समय क्याम्प्पको थियो । घटना पछिल्लो समर क्याम्पको थियो । अन्य बालबालिकासँग घुलमिल हुन र शारीरिक गतिविधिमा सामेल हुन सकोस् भनेर किशोरकी आमाले उनलाई ७ दिनको क्याम्पमा पठाएकी थिइन् ।

ग्र्याजुएशन डेसम्म सबै कुरा ठिकठाक थियो । त्यो दिनको फोटोमा किशोरको आँखा रातो देखिएको थियो । उनी निराश जस्तो देखिन्थे । किशोरका पिताले उनको एउटा खुट्टा लुलो भएजस्तो देखे । तर क्याम्प आयोजकहरूलाई सोध्दा केही भएको छैन, सबै ठीक छ भन्ने उत्तर आयो । छोरालाई लिन जाँदा मात्रै अवस्थाको गम्भीरता थाहा भयो । किशोर उभिनै नसकेर कुर्सीमा बसेर आमा बुबालाई कुरिरहेका थिए । केरकार गरेपछि अभ्यासका क्रममा अरु केटाकेटीसँग कुराकानी गरेको भन्दै सजायस्वरुप शिक्षकहरूले उसलाई हजार चोटी उठबस गर्न लगाएको थाहा भयो ।

२०० उठबस गरेपछि किशोर खुट्टा गलेर भुँइमा लडे । ग्रयाजुएशन समारोह सुरु हुँदा उनी कुर्सीमा बसेका थिए । छोराले अति नै पीडा भएको गुनासो गरेपछि उनलाई अस्पताल लगियो । तर किशोरको खुट्टा यति दुखिरहेको थियो कि न उनी हिड्न सक्थे न त सुत्न नै । छोटो अवधिमा ज्यानले थेग्नै नसक्ने व्यायाम गर्दा रबडोमायोलिसिस हुन्छ ।  यो ज्यान नै जान सक्ने स्थिति हो । यसमा कंकालमा टासिएको मासु टुक्रिदैं जान्छ । समयमा उपचार भएन भने यसले कलेजो र मृगौंलालाई समेत प्रभावित पार्छ ।

धेरै उठबस गरेर किशोरमा सो समस्या देखिएको थियो । उनको स्थिति यति गम्भीर थियो कि डाक्टरले  उनलाई तत्कालै ह्विलचेयरमा बसाइदिए । १३ दिनसम्म उपचार गरेपछि किशोरलाई अस्पतालबाट रिहा गरियो । तर अहिले १४ वर्ष भएका ती किशोर सामान्य जीवनयापन गर्न असमर्थ छन् । जीवनभरि उनी गहन शारीरिक गतिविधिमा आवद्ध हुन सक्ने छैनन् । उनको खुट्टाका मांशपेशी कमजोर भएको छ भने मिर्गौला र कलेजोमा पनि क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप