नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु

काठमाडौँ । यसवर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतबार बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ ।
केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्को एक हप्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल