सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

आइतबार, २० असोज २०८१, २३ : ००
आइतबार, २० असोज २०८१

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । 

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन् । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

उनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उनका दाइ किशोर जोशीले बताए । “हामीले पटक पटक मन्त्री, प्रधानमन्त्रीलाई भेटेरै भाईको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छौँ तर हालसम्म प्रगति भएको छैन”, उनले भने  । 

नेपाल विद्यार्थीसँग कञ्चनपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विपिनको खोजीकार्य चाँडो गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घका केन्द्रीय सदस्य इन्द्र साउदले उनको परिवार विपिन आउने आशामा बसेकाले यथाशीघ्र खोजी गरिदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।  

ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप