सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

आइतबार, २० असोज २०८१, २२ : ५०
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । गत साता देशमा देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर विभिन्न रोगको संक्रमणमा परेका, डेङ्गु र अन्य रोगको बढ्दो सक्रमणका कारण स्वास्थ उपचार गरिरहेका बिरामीहरूलाई रगत उपलव्ध गराउने उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

विभिन्न अस्पतालहरूमा रगतको अभाव रहेकोले सो अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दलका केन्द्रीय सदस्य जयराम दाहालले बताए ।  त्रिचन्द्र क्याम्पसमा आयोजित रक्तदान कार्यक्रम पार्टीका सहमहामन्त्री एवं  नेपाल तरूण दलका केन्द्रीय निर्देशन समिति  संयोजक महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको थियोे । 

उपाध्यायले नेपाल तरूण दलको महाधिवेशन तोकिएको समयमा नै हुने र  सधैं तरूण दलले यस्तै  रचनात्मक कार्यक्रम गरिरहनुपर्ने कुरामा जोड दिइन् ।  कार्यक्रम केन्द्रीय सदस्य रोजन राईको संयोजकत्वमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप