सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

पहिलो टी–२० मा भारतले सजिलै हरायो बंगलादेशलाई

आइतबार, २० असोज २०८१, २२ : ३४
आइतबार, २० असोज २०८१

ग्वालियर । टी–२० शृङ्खलाको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य भारतले मात्र ३ विकेटको क्षतिमा ४९ बल बाँकी छँदै पछ्यायो ।

भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रनको योगदान दिए । उनले मात्र १६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, सञ्जु स्यामसन र कप्तान सूर्यकुमार यादवले समान २९–२९ रन बनाए ।
अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १६–१६ रन जोडे । बंगलादेशका लागि मुस्तफिजुर रहमान र मेहदी हसन मिराजले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश १९।५ ओभरमा १ सय २७ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रन जोडे ।

त्यस्तै, कप्तान नजमुल होसेन सान्तोले २७ रन तथा तोहिद हृदोय र तक्सिन अहमदले १२–१२ रन बनाए ।  भारतका लागि अर्शदीप सिंहले कसिलो बलिङ गर्दै ३।५ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनलाई वरुण चक्रवर्तीले ३ विकेट लिँदै साथ दिए ।

हार्दिक पाण्ड्या, मयंक यादव र वासिङ्टन सुन्दरले १–१ विकेट लिए । अब दोस्रो खेल बुधबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप