लेवान्डोस्कीको ह्याट्रिकमा बार्सालाई ३ अङ्कको अग्रता

मड्रिड । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा डिपोर्टिभो आलाभेसमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी बन्यो ।
यो सिजन उत्कृष्ट फर्ममा रहेका राफिन्हाले खेलको चौथो मिनेटमा बार्सिलोनाका लागि गोल गरेका थिए । तर, उक्त गोल अफसाइड भन्दै रद्द गरिएको थियो । यद्यपि, बार्सिलोनाले पहिलो गोलका लागि लामो समय पर्खिन परेन । राफिन्हाले नै तीन मिनेटपछि लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे ।
२२ औँ मिनेटमा राफिन्हाकै पासमा लेवान्डोस्कीले दोस्रो गोल गरे । १० मिनेटपछि उनले आफ्नो ह्याट्रिक पुरा गरे । पोलिस स्ट्राइकरले यो सिजन सबै प्रतियोगितामा १२ गोल गरेका छन् ।
जितपछि हान्सी फ्लिकको टोलीले शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाउन सफल भएको छ । ९ खेलबाट टोलीको २४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको २१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा