सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

ब्रिस्बेनको रक्लीमा दसैँ–तिहार शुभकामना साँझ

आइतबार, २० असोज २०८१, २१ : ५४
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेप्लिज एसोसिएसन अफ क्विन्स्ल्यान्डको आयोजनामा अस्ट्रेलियाको ब्रिस्बेन र  रक्लीमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज दिउँसो सामाजिक सदभाव बढाउने उद्देश्यले खेलकुद र मेला तथा साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा गायक रामकृष्ण ढकाललगायतले प्रस्तुति दिएका थिए । उनले आफ्ना एक दर्जनबढी कालजयी गीतहरूमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ । 

एसोसिएसन अफ क्विन्स्ल्यान्डका पूर्वअध्यक्ष डा.राजन कोइरालाले स्थानीय सामुदायिक हलमा आयोजित कार्यक्रममा १० वर्षपछि आफूले उत्साहजनक उपस्थिति देखेको बताए । त्यस अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप